पाँच जिल्लाका सीडीओ फेरिए, को कहाँ पुगे ?


 


काठमाडौं, भदौ २६ । गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।

गृहले काठमाडौंको सीडीओमा जयनारायण आचार्यलाई पठाएको छ । उनी यसअघि कारागार व्यवस्था विभागको महानिर्देशक थिए ।

यसैगरी सिन्धुपाल्चोकमा किरण थापालाई पठाइएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सिन्धुलीमा लिलाप्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्