असोज १ गतेदेखि मनकामना केबुलकार संचालनमा आउने


 


काठमाडौं, भदौं २६
मनकामना केबुलकार आगामी असोज १ गतेदेखि संचालनमा आउने भएको छ । अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएपश्चात पुनः संचालनमा ल्याउन लागिएको हो ।

२ महिना लगाएर केबुलकारको स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ । गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न भएको हाे ।

अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति भएकाे हो ।

मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्