आईसीसी यु–१९ महिला टी–२० विश्वकपको एशिया छनोट यूएईमा हुने


 


काठमाडौं, भदौ २६ । आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने भएको छ ।

अर्को वर्ष हुने उक्त प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो सार्वजनिक गरेको विश्वकप एशिया छनोटको खेल तालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसँग हुनेछ ।

त्यस्तै २२ गते कुवेतसँग, २४ गते घरेलु टोली यूएईसँग, २५ गते थाइल्यान्डसँग, २७ गते कुवेतसँग र अन्तिम खेलमा कार्तिक २८ गते यूएईसँग खेल्ने छ ।

४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्