नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण
भैरहावा । नेपाल एसबिआई बैंकले भैरहवा शाखा स्थानान्तरण गरेको छ । कम्पनीले आफ्नो सिद्धार्थनगर नगरपालिका–५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालयलाई सोही नगरपालिकाको वडा नं–८ स्थित नारायणपथमा स्थानान्तरण गरेको हो ।
उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए ।
उक्त कार्यक्रममा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल र अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति थियो ।
यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा राखेको कम्पनीले बताएको छ ।
प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार