नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहौल बनेको छ : नवाजुद्दीन


 


काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहौल बनेको बताएका छन् । सोमबार काठमाडौँमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बालाले चलचित्रका लागि नेपालमा अब नयाँ माहौल बनेको बताएका हुन् ।

उनले निर्देशक मीनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए । उनले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहौल बनाउने कलाकार, निर्देशकहरू आउने भन्दै त्यो माहौल चलचित्र शाम्बालासँगै बनेको दाबी गरे ।

उनले भने, ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरू आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरू कुनै पनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन् । त्यसले एउटा माहौल बन्छ । अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरू आउँछन् । जो अहिले पनि छन् । अब उनीहरूले नेपाली सिनेमा क्षेत्रको माहौल अझै बढ्नेछ । उनीहरूले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन् ।’

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्