कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक


 


काठमाडौँ । लोकगायक, गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक प्रमोद खरेलको स्वरमा ल्याएका हुन् । यस अगाडि खरेलसँगको सहकार्यमा पन्तले थुप्रै हिट गीत दिएका छन् ।

लोकदोहोरीको पहिचानपछि सुगम संगीतमा पाइला बढाएका पन्तले पछिल्लो समय सुगम सङ्गीतमा पनि लगातार हिट गीत दिइरहेका छन् । नेपाली गीतसङ्गीतमा गण्डक क्षेत्र लोकदोहोरीको उर्वर भूमि भनेर चिनिन्छ । पर्वतमा जन्मिएका पन्त विगत डेढ दशकदेखि लोकदोहोरीको अलवा सुगम सङ्गीतमा समेत छाइरहेका छन् । सुगम सङ्गीतमा उनले दिएका गीत दर्जनौँ हिट भैसकेका छन् ।

‘धेरै माया’मा प्रेम पिडाले भरिएको गीत हो । कर्णप्रिय शैलीमा यो गीत पन्तले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

विक्रम बुढाथोकी र सञ्चिता शाहीलगायतको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन छ, भने निर्देशन क्रान्ति केसीले गरेकी हुन् ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्