असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सांसदलाई एमालेको सर्कुलर


 


काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए ।

‘पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न सांसदलाई सर्कुलर गरेको छ’, उनले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि अब उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गरे राम्रो हुने बताए ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्