प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा दैलेखबाट दुई जना पक्राउ


 


दैलेख । प्रहरीको सई हुँ भन्दै विभिन्न जिल्लाहरुमा ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–६ का विकास बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–७ का लोकबहादुर खाँण रहेका छन् ।

उनीहरुले आफूहरु प्रहरीको सई भएको बताउँदै विभिन्न ठाउँमा ठगी गरेको जिल्ल प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीले सुरुमा बिसी र त्यसपपछि खाणलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न मुद्दा मिलाउने भन्दै ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लोकबहादुरलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले भदौ १८ गते राती साढे १० बजे लेकवेशी नगरपालिका–२, दशरथपुरबाट पक्राउ गरेको थियो ।

उनले हालसम्म विभिन्न जिल्लाका १८ जना व्यक्तिहरूबाट मुद्दा मिलाई दिन्छु भन्दै ५ लाख ६ हजार ५३५ रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले विभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परीक्षण गर्नु पर्नेहरूको पहिचान गर्दै तीनका आफन्तहरूबाट पैसा असुल्दै आएका थिए ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्