अरिङ्गालले चिलेर युवकको मृत्यु


 


ताप्लेजुङ, भदौ २५ । अरिङगालले चिलेर ताप्लेजुङमा एक जना युवकको मृत्यु भएको छ ।

चारदिन अघि अरिङ्गालले चिल्दा घाइते भएका ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।

लिम्बूको उपचारका क्रममा सोमवार राति झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलले जानकारी दिए । उनलाई चारदिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालले चिलेको थियो ।

अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो । त्यहाँपनि उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दीपेनलाई ५० भन्दा बढी अरिङ्गालले चिलेको बताइएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्