नेपालमा दैनिक २० जनाले गर्छन् आत्महत्या


 


काठमाडौं, भदौ २५ । आज सेप्टेम्बर १० तारिख अर्थात विश्व आत्महत्या रोकथाम दिवस ।

‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ ।

विश्वभर प्रतिवर्ष ८ लाखभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ । नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका सरकारी तथ्याङ्क छ ।

आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन् । ६० प्रतिशत आत्महत्याको कारण डिप्रेशन अर्थात गम्भीर प्रकारको उदासीनतासँग सम्बन्धित रहेको मनोचित्सिकहरु बताउँछन् ।

जीवनमा आएका समस्या समाधान गर्न आत्महत्यालाई उपायको रुपमा नलिन विज्ञको सुझाव छ ।

आत्महत्या रोकथामका लागि संसदीय समितिको निर्देशनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्