भारतमा पनि भित्रियो संक्रामक रोग एमपक्स


 


काठमाडौं । भारतमा पनि संक्रामक रोग एमपक्सका विरामी फेला परेको छ ।

एमपक्स भाइरस प्रभावित देशबाट यात्रा गरेर आएका एकजना व्यक्तिमा एमपक्सको सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त व्यक्तिमा पश्चिम अफ्रीकी क्लेड–२ नामक एमपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो । तर, मन्त्रालयले बिरामीको बारेमा थप खुलाएको छैन ।

केही समय अघि मात्रै मध्य र पूर्वी अफ्रीकामा एमपक्स तीव्र गतिमा फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले एमपक्सलाई स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

एमपक्स सङ्क्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने, शरीर सुन्निने, पिठ्यूमा दुखाई र मांसपेशीहरूमा पनि दुखाई हने गर्छ ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्