बन्दुकको कुन्डा प्रहार गरी वृद्धाको हत्या


 


दाङ, भदौ २५ । रोल्पामा बन्दुकको कुन्डा प्रहार गरेर ७१ वर्षीय वृद्धाको हत्या भएको छ ।

जिल्लको थवाङ गाउँपालिका–२ जाजरकोट टोलकी ७१ वर्षीया सारू रोकाको सोमबार मध्यराति हत्या भएको हो ।

उनको हत्या गरेको आरोपमा स्थानीय ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रोकाले राति १२ बजेको समयमा बन्दुकको कुन्डाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । हत्या गरेको सूचनापछि घटनास्थलमा पुगेको प्रहरीलाई आरोपीलाई मदिराले मातेर घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

हत्यामा प्रयोग भएको बन्दुक घटनास्थलदेखि ७५ मिटर पर पातिको झाडीमा फेला पारेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्