सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी


 


काठमाडौँ २४ भदौ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण, सरकारको कामकाजको समीक्षाका साथै समसामयिक विषयहरूमाथि शीर्ष नेताहरुबीच छलफल भइरहेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजबादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत नेताहरू सहभागी रहनुभएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्