धादिङको धुनिबेसीमा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध


 


काठमाडौँ, २४ भदौ। धादिङको धुनिबेसी नगरपालिका-९ मा भारी वर्षापछि झरेको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। 

प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार भारी वर्षासँगै आएको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध भएको हो। राजधानी भित्रने र बाहिरिने प्रमुख सडक पूर्ण रुपमा अहिले ठप्प छ। 

पानी परिरहेकाले तत्काल सडक खुलाउन समस्या भएको थपलियाले जानकारी दिनुभयो। सडक करिब एक घण्टादेखि अवरुद्ध हुँदा काठमाडौँबाट बाहिरिने र भित्रने सयौं सवारीसाधन रोकिएका छन्। सडक खुलाउने प्रयास भने जारी रहेको उहाँको भनाइ छ। 

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्