संशोधन विधेयक पारित गरेर मात्र चुनाव घोषणा गर्न सरकारलाई मोर्चाको आग्रह


 


काठमाडौं, माघ १७
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गरेर मात्र चुनाव घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल सहित माओवादी केन्द्र र कांग्रेसका नेताहरुसँगको छलफलमा मोर्चाका नेताहरुले विधेयक परिमार्जन सहित पारित नभएसम्म आफूहरु चुनावमा नजाने बताएका छन ।

बैठकपछि मोर्चाका नेता तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरुको माग समेटेर संशोधन विधेयक परिमार्जन सहित पारित भएपछि मात्र चुनाव घोषणा गर्न सरकारलाई आग्रह गरेको बताए । प्रधानमन्त्री दाहालले सरकारले छिट्टै स्थानीय तहको निर्वाचन घोषणा गर्ने र त्यसका लागि सहयोग गर्न मधेसी मोर्चालाई आग्रह गरे ।

बैठकमा मधेसी मोर्चाका नेताहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन परिमार्जन गर्न माग गरेका थिए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह, मधेसी मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायत नेताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्