चित्रलेखालाई अस्ट्रेलियाका लागि राजदूत सिफारिश गर्ने कांग्रेसको तयारी


 


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउने तयारी गरेको छ ।

सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो।

सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ ।

सोमबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले चित्रलेखालाई अस्ट्रेलियाका लागि राजदूतमा सिफारिश गर्दै संसदीय सुनुवाइ विशेष समितिमा पठाउने तयारी छ ।

यसअघि सरकारले सिफारिश गरेका १८ मध्ये कान्ता रिजालको नाममा विवाद भएपछि उनको नाम फिर्ता लिइएको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्