नेपाली सेनाको कमाण्ड आजदेखि सिग्देलले सम्हाल्दै


 


काठमाडौं, भदौ २४ । नेपाली सेनाको कमाण्ड आजदेखि अशोकराज सिग्देलले सम्हाल्ने भएका छन् ।

उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् । निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देलले सेनाको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् ।

राष्ट्रपति पौडेलले १२ भदौमा सिग्देललाई २४ भदौदेखि लागु हुने गरी प्रधानसेनापति नियुक्त गरेका थिए ।

३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलको स्थायी घर भैरहवा हो ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्