पद्मश्री साहित्य पुरस्कार कृष्ण गौतमको ‘अद्वैत’लाई


 


काठमाडौं, भदौ २४ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार यस वर्ष कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले प्राप्त गरेको छ ।

त्यस्तै साहित्यिक अभियन्ता तथा चिन्तक पवन चामलिङलाई पद्मश्री साधना सम्मान र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।

प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो । जसमध्येबाट ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार दिइएको हो ।

समालोचकका रूपमा चिनिएका कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका अध्येता मानिन्छन् । प्राध्यापक गौतमका समालोचनात्मक र आख्यानात्मक कृतिहरू प्रकाशित छन् ।

यी पुरस्कारको राशि जनही तीन लाख तथा सम्मान पत्र रहेको प्रतिष्ठानले बताएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्