प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


 


काठमाडौं, भदौ २४ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।

बैठक सोमबार दिनको १ बजे बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

यसको साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्