राप्रपाले पार्टी प्रवेश अभियान सञ्चालन गर्ने


 


काठमाडौं, भदौ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असोजदेखि पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले असोजदेखि पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको हो ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले २०८१ लाई पार्टी प्रवेशको वर्षका रूपमा मनाउनेसमेत निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ भने पार्टीको कार्यालय भवन चाबहिलमा बनाउन आर्थिक विभागका प्रमुख दिनेश श्रेष्ठको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्