भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु


 


छत्तीसगढ । भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ ।

छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् । सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पु¥याएको उनले लेखेका छन् । प्रशासनलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिइएको बताएका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्