जनताको अधिकार खोसिने गरि संविधान संशोधन गर्न हुँदैन: अध्यक्ष प्रचण्ड


 


विराटनगर २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई थप अधिकार दिनेगरि संविधान संशोधन हुनुपर्ने बत्ताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नु हुँदै उहाँले आफ्नो पार्टी संविधान संशोधनको विरोधी नभएको प्रष्ट पार्नुभयो । उहाँले आफ्नो पार्टीले संविधान संशोधनका लागि केही कुरामा संविधान सभामानै नोट अफ डिसेन्ट र केही रिर्जववेसनहरू राखेको उल्लेख गर्नुहुँदै उहाँले त्यस्ता कुरामा संविधान संशोधन उपयुक्त हुने बत्ताउनुभयो ।

अध्यक्ष दाहालले संविधान संशोधन नेपाली जनताले लामो सघर्ष र बलिदान वाट ल्याएको उपलब्धि उल्टाउने ढंगले हुन नहुने प्रष्ट पार्नुभयो । जनताले पाएको अधिकार खोसिने गरि संविधान संशोधन गर्न खोजिए त्यो आफ्नो पार्टीलाई मान्य नहुने उहाँको भनाई थियो ।
एक प्रश्नमा उहाँले समानुपातिक , समावेशिता सबै जाती वर्गले पाएको प्रमुख अधिकार भएकाले यो अधिकारलाई कमजोर बनाउने काम कुनै पनि हालतमा मान्य नहुने बत्ताउनुभयो ।

उहाँले आफ्नो पार्टीको सघर्ष र बलिदानका कारण आदिवासी , जनजाति, मुस्लिम , उत्तपिडित समुदायको जीवनमा परिवर्तन आएको र उनीहरूको हक अधिकार सुनिश्चित भएको बत्ताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा वनेको सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गरेको दाबी गर्नुभयो ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्