कोरोना बीमाको रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्चमा रिट दायर


 


काठमाडौं । काेराेना बीमा रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै रिट दायर गरेको हो ।

कोरोना बिमाको मापदण्ड अनुसार सरकारले दिनुपर्ने रकम नदिँदा बीमितको रकम फिर्ता दिन नसकिएको भन्दै उक्त रकम माग गरिएको बीमक संघले जनाएको छ ।

रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ। संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।

बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्