राप्ती नदीमा शुक्रबारदेखि बेपत्ता भएका २ युवा अझै भेटिएनन्


 


चितवन । चितवनको राप्ती नदीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात रहेकाे छ ।

शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाए ।

भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए ।

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्