बंगलादेश : दुर्गा पूजामा मन्दिरहरूको सुरक्षाबारे अन्तरिम सरकारले के भन्यो ?


 


ढाका । बंगलादेशमा विवाद सिर्जना गर्ने कुनै पनि काम अन्तरिम सरकारले नगर्ने त्यहाँका धार्मिक मामिलासम्बन्धी सल्लाहकार एएफएम खालिद हुसेनले शनिबार बताएका छन् ।

बंगलादेशी राष्ट्रिय गानमा परिवर्तन गर्ने कुनै योजना नभएको हुसैनले बताएको भन्दै समाचार एजेन्सी पीटीआईले समाचार लेखेकाे छ ।

यसअघि बंगलादेशको जमात–ए–इस्लामीका पूर्व अमिर गुलाम आजमीका छोरा अब्दुल्लाहिल अमान आजमीले राष्ट्रिय गान र संविधानमा परिवर्तनका लागि अनुरोध गरेका थिए । प्रार्थनास्थलमा आक्रमण गर्नेहरूलाई हुसैनले मानवताका शत्रु भनेका थिए ।

उनीहरू अपराधी भएको र कानुन बमोजिम कारबाही हुनेमा उनले जोड दिएका थिए । दुर्गा पूजाको समयमा कुनै पनि प्रकारको तोडफोड वा आक्रमण हुन नदिन मदरसाका विद्यार्थीसँग मिलेर स्थानीयहरूले मन्दिरको सुरक्षा गर्ने खालिद हुसेनले घोषणा गरेका छन् ।

मदरसाका विद्यार्थीहरू कुनै पनि प्रकारको आतंकवादमा कहिले संलग्न नहुने र यो उनीहरूविरुद्ध अघिल्लो सरकारले फैलाएको षड्यन्त्र भएको पनि उनले बताए ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्