कर्णाली राजमार्गमा बारम्बार पहिरो, पुन: अवरुद्ध


 


जुम्ला, भदौ २३ । कर्णाली राजमार्गमा पहिरो खस्दा पुनः अवरुद्ध भएको छ ।

शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । उनका अनुसार गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।

राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्