पहिरोमा पुरिएर वडा सदस्यसहित दुई जना बेपत्ता


 


जाजरकोट, भदौ २३ । जाजरकोटमा पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् ।

बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मानबहादुर चलाउने र उनकी श्रीमती मायादेवी चलाउने पुरिएका हुन् । पहिरोमा पुरिएर चलाउनेकी छोरी गम्भीर घाइते भएकी छन् । बेपत्ता दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले प्रहरी टोली घटनास्थलमा गएको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको बताए ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्