माइत जान लागेकी महिलाको पहिरोमा परेर मृत्यु


 


डोटी, भदौ २३ । डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोमा परेर माइत जान लागेकी सोही वडाकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कौमतीदेवीको साथमा रहेकी उनकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छिन् ।
उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्