असोज पहिलो साता काठमाडौँमा अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुने


 


काठमाडौँ २२ भदौ । काठमाडौँमा असोजको पहिलो साता अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा आगामी असोज ४ र ५ गते अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुन लागेको हो ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने दुई दिने सम्मेलनमा नेपालसहित भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया, नेदरल्यान्ड, डेनमार्क लगायतका देशबाट २५ भन्दा बढी विदेशी सर्जकको सहभागिता रहनेछ ।

यस्तै सम्मेलनमा बाल साहित्यका विभिन्न आयामलाई समेटेर स्वदेशी तथा विदेशी गरी दुई दर्जन जति कार्यपत्र प्रस्तुत हुनेछन् ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्