माछा मार्न गएका दुई जना राप्ती नदीमा बगेर बेपत्ता


 


चितवन, भदौ २२ । चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन् ।

शुक्रवार अपरान्ह नदीमा बगेका तीनमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको थियो ।

बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी प्रहरीलाई दिएका थिए । उनकै सूचनाका आधारमा प्रहरीले खोजी सुरु गरेको छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले शनिवार पनि बिहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन् ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्