सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


 


चितवन, भदौ २२ । सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान सुक्खा पहिरो खसेको हो ।

सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । उनका अनुसार हाल पहिरो हटाउने काम भइरहेको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्