भारतले गर्यो ब्यालेस्टिक मिसाइल अग्नि–४ प्रक्षेपण


 


काठमाडौं । भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

अग्नि–४ मिसाइल रणनीतिक बल कमाण्डअन्तर्गत प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।

अग्नि–४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ । अग्नि–४ मिसाइलको दायरा ४ हजार किलोमिटरभन्दा बढी छ ।

भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १,००० देखि २,००० किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको आणविक सक्षम अग्नि प्राइम ब्यालिस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्