आज २१ औँ निजामती सेवा दिवस मनाइँदै


 


काठमाडौं, भदौ २२ । २१ औँ निजामती सेवा दिवस शनिबार देशैभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउने गरेको हो ।

प्रत्येक वर्ष दिवस मनाइरहँदा निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने सन्तुष्ट छैनन् ।

प्रशासन तथा कानूनविद् काशीराज दाहाल अस्थिर राजनीति र कमजोर मनोबल भएको कर्मचारी प्रशासनले गर्दा नतिजामुखी निजामती प्रशासन बन्न नसकेको बताउँछन् ।

उनका अनुसार मुलुकले संघीय शासनव्यवस्था कार्यान्वयन गरे पनि धेरै कर्मचारीले केन्द्रीकृत मानसिकतालाई नै आत्मसात् गरेकाले निजामती प्रशासन प्रभावकारी बन्न नसकेको हो ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्