काठमाडौंका आज यी स्थानमा विद्युत अवरूद्ध हुने


 


काठमाडौं, भदौ २२ । काठमाडौंको नक्साल सहायक वितरण केन्द्र अन्तर्गका विभिन्न स्थानमा ६ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखि एस.आर.क्याटरिङ हुदैं धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा विद्युत अवरूद्ध हुने जनाएको छ ।

ती क्षेत्रमा पोल सिफ्टिङको कामका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयअगाडि काम सकिए अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्