बसको ठक्करबाट बालकको मृत्यु, एक घाइते


 


काठमाडौं, भदौ २२ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको मृत्यु भएको हो ।

बालकको बसको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीया श्रीमाया मानन्धर रहेकी छिन् ।

उनलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्