संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न लोसपाले बनायो कार्यदल


 


काठमाडौं २१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न कार्यदल बनाएको छ ।

दुई दिनसम्म चलेको लोसपाको बैठकले लक्ष्मणलाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहेका छन् । संविधान संशोधनको लागि विगतमा उठाइएका मधेशका सबै मुद्दा संकलन गर्दै मधेशी, थारू र अन्य उत्पीडित जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको लागि कार्यदलले काम गर्नेछ ।

बैठकले बृहत् राजनीतिक शक्ति निर्माणका लागि अन्य दलहरूसँग पनि सहकार्यका लागि छलफल गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बृहत् राजनीतिक शक्ति अभियान निर्माणमा सहकार्य गर्ने उनले सबै व्यक्ति र शक्तिलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्