टिकटकमाथिको प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन


 


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन नेपालका सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

सरकारले सामाजिक सद्‍भाव खल्बल्याएको लगायत कारण देखाउँदै २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ ।’

सरकारले भदौ ६ गते मन्त्रिपरिषद्‌ बैठकबाट टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्‌को सो निर्णय कार्यान्वयन गर्नेगरी दूरसञ्‍चार नियामक प्राधिकरणले आज अत्यन्त जरुरी सूचना जारी गर्दै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो।

दूरसञ्‍चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी टिकटक माथिको प्रतिबन्ध हटाउन निर्देशन दिइएको प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्