नक्सालस्थित टेस्लाको शोरूममा आगलागी


 


काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्लाको शोरूममा आगलागी भएको छ।

काठमाडौं महानगरपालिकास्थित नक्सालमा रहेको टेस्ला गाडीको शोरूममा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शोरुममा लागेको आगो दमकलको सहायतामा निभाइएको छ ।

आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्