लेखा समितिको सभापति चयनका लागि निर्वाचन हुँदै


 


काठमाडौं, माघ १७

व्यवस्थापिका संसद अन्तरगत लेखा समितिको सभापति चयनका लागि आज निर्वाचन हुदैछ । नेकपा मोओवादी केन्द्रका सांसद जनार्दन शर्मा मन्त्री भएपछि लामो समयदेखि रिक्त रहेको समिति सभापति पदका लागि आज निर्वाचन हुन लागेको हो ।

संसदको महत्वपूर्ण समितिहरु मध्ये एक लेखा समितिको नेतृत्वका लागि प्रमुख प्रतपक्षी एमाले, सत्तारुढ दल कांग्रेस माओवादी उम्मेदवारी दर्ता गराएका छन् । प्रतिपक्षी एमालेले पशुपति चौलागाईलाई अघि सारेको छ भने सत्तारुढ दल कांग्रेस र माओवादीले डोरप्रसाद उपाध्यायलाई अघि सारेका छन् ।

समितिले सार्वजनिक अनियमितता, सरकारी निकाय र संगठित संस्थाको लेखा हेर्न अधिकार पाएको छ । सभापति बिहीन भएको करि छ महिनापछि समितिको सभापति चयन प्रक्रिया अघि बढेको हो ।

ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा लेखा समितिको बैठक बसेसँगै सभामुख ओनसरी घर्तीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनु भएको थियो ।

संसदको कार्यसञ्चालन नियमावली अनुसार ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु भएको बढीमा एक महिनामा स्थायी सभापति चयन भइसक्नु पर्नेछ । लेखा समितिमा नेपाली काग्रेस र एमालेका १५–१५ सदस्य छन् भने माओवादीका ७ सदस्य रहेका छन् ।

यस्तै राप्रपा दूई तथा अन्य साना दलका १० जना सदस्य रहेका छन् । हालसम्मको समिकरण हेर्दा सत्तापक्षले समितिको नेतृत्व पाउने देखिएको छ ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्