माओवादीले सरकार ढालिरहनु पर्दैन, यो आफै ढल्छ : सुदन किराती


 


भोजपुर । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले दसैँ-तिहार मनाएपछि वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका छन् ।

अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता किरातीले यस्तो बताएका हुन् ।

नेता किरातीले भने,’अव यो सरकार दसैँ–तिहार मनाउँछ अनि आफै ढल्छ कसैले ढाल्नु पर्दैन।’

नेता किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताए ।

उनले केपी ओली सरकार साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको आरोप लगाए ।

माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलन तर्फ केन्द्रित हुने उनको भनाई छ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्