इन्टरनेट शुल्क मनपरी रुपमा नलिन निर्देशन


 


काठमाडौँ, भदौ २१ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले मनपरी शुल्क निर्धारण गरेको भन्दै प्राधिकरणसँग स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।

प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क दर प्राधिकरणबाट स्वीकृत गराई सोही बमोजिम प्राधिकरणबाट महसुल दर स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरे पश्चात् मात्र इन्टरनेट सेवाको महसुल दर लागू गर्नु प्राधिकरणले निर्देशन दिएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्