बलात्कार आरोपमा बैतडीमा एक जना स्वास्थ्यकर्मी पक्राउ


 


बैतडी, भदौ २१ । बैतडीमा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। 

सिगास गाउँपालिका-२ का ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दिपक गिरीले जानकारी दिए। 

सिगास गाउँपालिकाकै एक स्वास्थ्य संस्थामा कार्यरत धामीमाथि एक ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।

पीडित महिलाले स्वास्थ्यकर्मी धामीले आफूलाई विभिन्न प्रलोभनमा पारेर पटक–पटक जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।

जाहेरीकर्ता युवतीकै जाहेरी निवेदनका आधारमा धामीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्