ओलम्पिक पदक विजेता पलेशालाई ६५ लाख पुरस्कारले सम्मान गर्ने सरकारको निर्णय


 


काठमाडौं २० भदौ । सरकारले पेरिस पाराओलम्पिकमा कास्यपदक जिती नेपालको गौरवलाई स्थापित गर्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ नगद सहित सम्मानित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रीपरिषद्को बैठकले पलेशा गोवर्धनका प्रशिक्षकलाई ५ लाख ८५ हजार रुपैयाँ र टिम व्यवस्थापकका लागि २ लाख ९२ हजार रुपैयाँ नगद सहित सम्मान गर्ने निर्णय गरेको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्