दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने  सरकारको निर्णय


 


काठमाडौँ २० भदाै। सरकारले दुग्ध उत्पादक किसानहरूलाई भुक्तानी दिनका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रीपरिषद्को बैठकले किसानहरूलाई आर्थिक वर्ष २०८१/८२ मा भुक्तानी दिन बाँकी रकम भुक्तानी दिन र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि अर्थ मन्त्रालयलाई ऋण दिन स्वीकृति दिएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्