परराष्ट्रमन्त्री राणासहित प्रधानमन्त्री ओली अमेरिका जाने


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री आरजु राणाको अमेरिका भ्रमण स्वीकृत भएको हो ।

ओली प्रधानमन्त्री नियुक्त भएसकेपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ ।

प्रधानमन्त्री ओलीको पत्नी राधिका शाक्य पनि भ्रमण टोलीमा सहभागि हुनेगरी मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गरेको छ ।

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्