नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त


 


काठमाडौँ २० भदौ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयको सिफारिसमा उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशक भएकी थिइन् ।

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्