एनपिएल फ्रेन्चाइजका टोली मालिक सार्वजनिक


 


काठमाडौँ, २० भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोली मालिकको नाम सार्वजनिक गरेको छ ।

क्यानले बिहीबार सार्वजनिक गरेको टोली मालिकसहित लिगका लागि पोखराले सर्वाधिक तीन करोड ५७ लाख रुपियाँमा फ्रेन्चाइज लिएको छ । यस्तै दोस्रोमा कान्तिपुर पब्लिकेशनले गरेको छ । कान्तिपुरले फ्रेन्चाइजका लागि तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपियाँ खर्च गरेको छ ।

अन्यमा क्रमशः चितवनको चितवन मेडिकल कलेज, विराटनगरको एमएडी ड्रिम्स स्पोर्ट्स, लुम्बिनीको फर्टुना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स, कर्णालीको हिमालय बिल्डर्स र सुदूरपश्चिमको इम्पायर स्पोर्ट्स रहेको छ । हरेक टोलीले बोल कबोलमार्फत फ्रेन्चाइज लिएका हुन् । आगामी एनपिएल मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुनेछ । 

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्