निजामती विधेयकमाथि संसदीय समितिमा छलफल जारी


 


काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि छलफल सुरु भएको छ ।

आजदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि सैद्धान्तिक छ्लफल सुरु भएको हो । बहुप्रतिक्षित निजामती विधेयक २०८० फागुन २१ गते संघीय संसदमा दर्ता भएको थियो।

विधेयक संसदमा दर्ता भएको करिब छ महिनापछि समितिमा छलफलका लागि अगाडि बढेको हो । समिति सभापति रामहरी खतिवडाले आज विधेयकमाथि सैद्धान्तिक छलफल हुने बताए ।

२०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो।

त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेको थिएन।

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्