फिलिपिन्सको आकाशमा जल्यो सानो क्षुद्रग्रह


 


मनिला । फिलिपिन्सको आकाशमा बुधवार बिहान अग्निपिण्ड जस्तो वस्तु जलेको देखियो । यो एउटा क्षुद्रग्रह भएको र पृथ्वीको कक्षभित्र छिरेपछि जलेर नष्ट भएको बताइएको छ ।

सो क्षुद्रग्रह झन्डै एक मिटर (३ फूट)को भएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । युरोपको स्ट्यान्डर्ड समयअनुसार दिउँसो १२ः३९ मा सो क्षुद्रग्रह जलेको युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)ले पनि भनेको छ ।

बुधवार बिहान अमेरिकी क्याटालिना स्काई सर्भेले सो वस्तु फेला पारेको थियो । सुरुमा यसलाई सीएक्यूटीडीएल२ भनियो । तर पछि यसलाई २०२४ आरडब्ल्यू१ नाम दिइयो । हरेक दुई हप्तामा एक पटक करीब १ मिटर आकारका क्षुद्रग्रह पृथ्वीतिर झर्छन् । तर पृथ्वी नजिक देख्ने गरी यिनीहरू बिरलै झर्छन् ।

जल्नु अघि नै मानवजातिले देखेको यो नवौँ क्षुद्रग्रह भएको ईएसएले माइक्रो ब्लगिङ वेबसाइट एक्सको एउटा पोस्टमा भनेको छ । पृथ्वीको कक्षमा छिर्ने बित्तिकै जल्ने भएकोले यी वस्तुहरूले हानिरहित भएको बताइएको छ ।

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्