इजरायली आक्रमणबाट वेस्ट बैंकमा ३३ प्यालेस्टाइनीको मृत्यु


 


एजेन्सी । वेस्ट बैंकमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन्।

करिव १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्कारममा सात जना प्यालेस्टिनीहरू छन्। सबै उत्तरी वेस्ट बैंकका रहेका छन्।

साथै दक्षिणमा हेब्रोनमा तीन जना रहेको रामल्लाहस्थित मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले लगातार आठौं दिन जेनिन शहर र त्यसको शिविर विरुद्धको कारबाही जारी राखेको प्यालेस्टिन ले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा गाजा स्ट्रिपमा प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट ६८० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।

प्रकाशित मिति: २० भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्